काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ । उनलाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार, सम्पत्ति जफतका लागि निकितासँगै रोचक जोशी, राधा पछाई, पद्मा बन्जाडे र मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ । उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ । लामिछानेले ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ । निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया