काठमाडौं । मनहरीको राक्सिराङ गाउँपालिका-३ सिमलडाँडामा रुखको हाँगाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका-५ ठाडे गाउँ बस्ने ५२ वर्षीय महादेव प्रजा रहेका छन् ।
स्थानीय जंगलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा प्रजाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया