काठमाडौं । गरिमा विकास बैंक कोष प्रवर्धक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको गरिमा समृद्धि योजना निष्कासन भएको छ । सामूहिक लगानी कोष गरिमा म्युचूअल फन्डअन्तर्गत पहिलो बन्दमुखी योजना प्रति इकाई १० रुपैयाँका दरले एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ आजबाट निष्कासन भएको हो ।
यस योजनका लागि पुस ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । यसमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया