काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा गरी रास्वपा सभापति समेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अस्पताल कास्कीमा मुद्दा दायर गरेको हो । जसमा रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै, सम्पत्ति शुद्धिकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ ।
२ महिना प्रहरीको हिरासतमा अनुसन्धानका लागि रहेका लामिछानेले प्रहरीसँगको बयानमा पोखराको सूर्यदर्शन सहकारी आफूले सहकारीको रकम हिनामिना नगरेको दाबी गरेका छन् ।
‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदा सम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै नि किसिमको मिलेमतो संलग्नता रहेको छैन’, लामिछानेले प्रहरीसँग भनेका छन् ।
त्यस्तै आफूलाई सहकारीको पैसा गोरखा मिडिया नेटवर्कमा ल्याएको खण्डमा कर्तुत बाहिरिने डरले योजनावद्ध र गोप्य रुपम गैरकानुनी तबरले हिसाव मिलान गरेको समेत दाबी गरे ।
‘मलाई जानकारी भएको खण्डमा यिनिहरूको कर्तुत बाहिर आउने डर समेत राखि योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत गरिएको रहेछ’, उनले बयानका क्रममा भनेका छन् ।
पूर्णपाठ पढ्नुहोस् :







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया