निकोलस भुसाल पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । रवि लामिछानेको हिरासत बसाइको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले आइतबार राती १० बजे भुसाललाई थलीबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निकोलस भुसाल भन्ने कमल भुसाललाई काठमाडौँको थलीबाट आइतबार राती १० बजे पक्राउ गरेको हो ।

कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको हिरासतभित्रको फोटो सार्वजनिक गर्ने भुसाललाई कास्की प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो वैयक्तिक गोपिनीयता विरुद्धको कसुरमा प्रहरीले भुसालविरुद्ध पक्राउ पुर्जी लिए लगत्तै अपराध महाशाखाले भुसाललाई थलीबाट पक्राउ गरेको हो ।

निकोलस भुसालको नामबाट परिचित कमल भुसालले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की हिरासतमा सुतिरहेको तस्बिर मोबाइलबाट लिई सार्वजनिक गरेका थिए ।

निकोलसले उक्त तस्बिर आफैँले खिचेको भन्दै सजाय भोग्य तयार रहेको समेत बताएका थिए । हिरासतभित्र रहेका व्यक्तिको तस्बिर लिई सार्वजनिक गर्नु अपराध रहेको भन्दै कास्की प्रहरीले आइतबार मात्रै भुसालविरुद्ध कास्की जिल्ला अदालतबाट भुसाललाई पक्राउ गरी अनुसन्धान गर्ने अनुमति लिएको थियो ।

कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) को प्रहरीले आइतबार राती भुसाललाई पक्राउ गरेको हो । उनलाई सोमबार बिहानै कास्की प्रहरीमा पठाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?