झापा । झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३-० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको हो ।
यो स्पर्धाका विजेताले १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार पाउने छन् । गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ-आफ्ना टोलीले उपाधि जित्ने बताउनुभएको छ । आइतबार भएको ‘प्रि-म्याच कन्फ्रेन्स’मा उनीहरूले जित आफ्नो पक्षमा पर्ने बताए ।
प्रतियोगितामा झापा-११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिराहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौं र चित्लाङ एफसी काठमाडौं सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया