कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली राजदूतावास कायरो, इजिप्ट सर्वोच्च सांस्कृतिक परिषद् र राष्ट्रिय बाल संस्कृति केन्द्रद्वारा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागितामा आइतबार कायरोमा नेपाल–इजिप्ट सांस्कृतिक महोत्सव आयोजना गरियो ।

कायरोस्थित सैयदा जयनबस्थित बाल उद्यानमा आयोजित  कार्यक्रम  विद्यालयस्तरीय कला प्रतियोगितामा भाग लिने इजिप्सियन बालबालिकाले चित्रकला तथा काष्ठकलाका माध्यमबाट नेपालको विविधतापूर्ण प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदाको चित्रण गरेका दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, प्रतियोगितामा सहभागी बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा र जनजीवन झल्किने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, कुमारी आदिको तस्बिर उतारेका थिए ।

त्यस अवसरमा नेपालसम्बन्धी प्रदर्शनी तथा कार्यशालाको पनि आयोजना गरिएको थियो । प्रतियोगितामा कायरोका विभिन्न स्कुलमा अध्ययनरत करिब एक सय जना इजिप्सियन विद्यार्थीको सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?