काठमाडौं । भक्तपुरको बालकोटमा बाबु–छोराको शव फेला परेको छ । उनीहरूको हत्या भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य आज सोमबार बिहान मृत फेला परेका हुन् । मृतक दुवैको शरीरमा चोट देखिएको छ ।
बाहिरबाट चाबी लगाइएको कोठाभित्र उनीहरूको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
कुलप्रसादका जेठा छोरा भने घटनापछि सम्पर्कविहीन छन् । उनी पनि सँगै बस्दै आएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया