काठमाडौं । बाँकेमा जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट शुक्रबार पक्राउ गरेको हो ।
हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पश्चात् उनीमाथि जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया