काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताएका हुन् ।
उनले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उनले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताउनु भयो । पत्रकारिताले समाजको आत्माको रूपमा काम गरेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया