रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह

लोकपथ
357
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न आग्रह गरेका छन् ।

प्रमुख सचेतक सन्तोष परियारसहित सांसदहरु सोबिता गौतम र गणेश पराजुलीले सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन नगर्न आग्रह गरेका हुन् ।

जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरू छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद् नियमावली हेरेर निर्णय गर्ने बताएका थिए ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दा, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ माग दाबीसहित ४ सय २७ पृष्ठ लामो पूरक अभियोगपत्र दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?