बेरुजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय

लोकपथ
21
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेरुजु फर्छ्योटलाई गति दिने निर्णय गरेको छ ।

समितिअन्तर्गतको बेरुजु फर्छ्योट उपसमितिको बैठक नियमित गर्ने र १५ दिनभित्र महालेखापरीक्षक कार्यालयको साठिऔँ प्रतिवेदनमाथिको छलफल टुङ्ग्याइसक्ने निर्णय भएको सभापति ऋषि केश पोखरेलले जानकारी दिए । उनका अनुसार बेरुजु फर्छ्योटका काम टुङ्ग्याएपछि समितिमा परेका उजुरीमाथि छलफल गरिनेछ । 

त्यस्तै, बेरुजु फर्छ्योटको अवस्थाबारे सम्बन्धित मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गर्ने निर्णय पनि समितिले गरेको छ ।

लेखा समितिको आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले सभापति पोखरेलको श्रीमती सहकारी ठगी प्रकरणमा मुछिएको र समितिको नेतृत्व प्रतिपक्षले पाउनुपर्ने विषयसमेत उठाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सभापति पोखेरल पत्नी सहकारी ठगी प्रकरणमा मुछिएको विषय उठाएपछि सत्तापक्ष दलका सांसदहरूले त्यसको बचाउ गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?