काठमाडौं । बंगलादेशले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई ‘मौखिक नोट’ पठाएको छ । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक सन्देश पठाएको सोमबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार डा. तौहीद हुसेनले भारत सरकारसँग पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन औपचारिक रुपमा माग गरेका हुन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ मा आफ्नो सरकार विरुद्ध विद्यार्थी नेतृत्वको ठूलो विद्रोहकाबीच भारत पुगेकी थिइन् । त्यस आन्दोलनमा कम्तीमा ७५३ जनाको मृत्यु भएको थिए, भने हजारौँ घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया