काठमाडौं । उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसाय मूलक उत्पादनका सामग्रीहरूको बिक्री तथा प्रदर्शनका लागि आयोजना गरिएको ‘विन्टर कार्निभल २०२४’ सम्पन्न भएको छ ।
बूढानीलकण्ठ नगरपालिका स्थित इटाली टारमा रहेको सुम्दिमा सिल्क प्यालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उप प्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए।
बूढानीलकण्ठ इटली टारमा रहेको सुम्दिमा सिल्क प्यालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रममा हस्तकलाका सामग्री, विभिन्न कपडाहरू ,घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तर्राष्ट्रिय ब्रान्डका तयारी पोसाकहरू प्रदर्शनीका साथै बिक्री गरिएको थियो ।
उपप्रमुख लामा र अभिनेत्री कोइरालाले महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया