गोल्छा ग्रुपले गर्‍यो दिगो र प्रतिफलजनक रोजगारका लागि इन्स्योर परियोजनासँग साझेदारी

लोकपथ
98
Shares

काठमाडौं । गोल्छा ग्रुपले दिगो र प्रतिफल जनक रोजगारका लागि इन्स्योर परियोजनासँग साझेदारी गरेको छ । युवाहरूलाई बजारसँग सम्बन्धित सीपहरू प्रदान गर्न र शिक्षा, रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले गोल्छा ग्रुप र इन्स्योर परियोजना बीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इन्स्योर प्रोजेक्टका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि जस्ता क्षेत्रमा प्रशिक्षार्थीलाई तालिम दिने, कर्मचारीका लागि सीपमार्फत आजीवन सिकाईलाई प्रोत्साहन गर्ने, हरित सीपलाई प्रशिक्षण पाठ्यक्रममा समावेश गर्ने र गोल्छा समूहका उद्योगमा कार्यस्थलको सुरक्षा र व्यावसायिक स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस मोडेलले प्राविधिक विद्यालयहरूमा प्राप्त सैद्धान्तिक ज्ञानलाई कम्पनीमा प्रशिक्षकहरूको पर्यवेक्षणमा उद्योगहरूमा व्यावहारिक प्रशिक्षणको साथ काम गर्दछ। काम सकिएपछि प्रशिक्षार्थीले सीटीईभीटीबाट प्रि–डिप्लोमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले यो सहकार्यले नेपाली युवालाई आजको प्रतिस्पर्धात्मक रोजगार बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सीपसहित सशक्तीकरण गर्नेमा ढुक्क रहेको बताए ।

गोल्छा ग्रुपसँगको सहकार्य नेपालको दक्ष जनशक्तितर्फको यात्रामा कोसेढुंगा साबित भएको इन्स्योरका टिम लिडर रवीन्द्रबहादुर सिंहले बताए । उनले भने, ‘व्यावसायिक प्रशिक्षणमा उद्योगको आवश्यकतालाई एकीकृत गरेर प्रशिक्षार्थीहरूले रोजगारी मात्र प्राप्त गर्दैनन् र सीपको आधारमा काम गर्छन्, सँगै देशको आर्थिक प्रगतिमा पनि योगदान पुर्‍याउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?