काठमाडौं । क्रिसमसको सिजनमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ। डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केही भाटभटेनीहरुमा ग्राहकहरूले शान्ता क्लासलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।
‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यका भित्रमा भक्तपुर, कोटेश्वोर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ। डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख सहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत ग्राहकहरूले यसको अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।
यसमा सहभागीहरूले शान्ता क्लासलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् । यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स आफैँ अनुभव गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया