काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल पुस १० देखि २१ गतेसम्म चल्ने दराजले जनाएको छ ।
मेगा सेलमा कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्याश सेल डिलहरू र २.५ करोड बराबरको भाउचरहरूसमेत उपलब्ध गराउने बताएको छ ।
दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्रीलगायत विभिन्न श्रेणीहरूमा चार हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।
गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको दराज १.१ न्यू इयर मेगा सेल उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाइएको छ । ग्राहकहरूले सेटाफिल, ऐबीबी, ब्रान्ड हाउस, एन्कर र बोल्टलगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गराएका विशेष छुटहरू पनि प्राप्त गर्नसक्ने जानकारी दराजले दिएको छ ।
कम्पनीका अनुसार मेगा सेलमार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिलमार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज्अन्तर्गत ६९९, ९९९, र एक हजार ९९९ रुपैयाँभित्रको विशेष अफरहरूको मज्जासमेत लिन सकिनेछ ।
दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर ग्राहकहरूले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् ।
पुस ११ गते एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।
त्यस्तै, पुस १२ गते एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० सम्म) को लाभ उठाउन सक्नेछन् । पुस १३ गते हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।
वर्षको अन्त्यमा सबैका लागि केही न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोध पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया