एउटै व्यक्तिले विद्युत् अनुमति पत्र होल्ड गर्ने प्रवृत्ति कानुनी रूपमा अन्त्य गर्नुपर्छ : सांसद शर्मा  

लोकपथ
28
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्युत् अनुमति पत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य कानुनी रूपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । 

मंगलाबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । 

उनले जलविद्युत क्षेत्रमा विद्युत् अनुमति पत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य एउटा विकृतिको रूपमा रहेको बताए । उनले विद्युत् अनुमति पत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य रोक्ने गरी कानुनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले एक जना व्यक्तिको आर्थिक क्षमता बमोजिम विद्युत् उत्पादन लाइसेन्स दिने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एक व्यक्तिले अनुमति लिने र विक्री गर्ने कार्यको अन्त्य हुन जरुरी रहेको बताए । उनले अहिले २० वटा परियोजना दर्ता भएको बताए । उनले जलविद्युत उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्ने बताए । उनले पहिला पूर्वका खोला नदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदी खोलाहरूमा दिन थालिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?