काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।
मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्य मन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन् । उनले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्यमन्त्रीले प्रस्ट पार्नुपर्ने बताए । उनले अहिले पनि दुवाकोटमा न्याम्सका १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र ६३ वटा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेको उल्लेख गरे ।
उक्त अस्पताल नेपालको एउटा महत्त्वपूर्ण प्रतिष्ठान भएको बताउँदै मन्त्री चौरसियाले यसको निर्माण प्रक्रिया अघि नबढ्दा अन्य ठाउँहरूमा समस्या उत्पन्न गर्छ कि गर्दैन ? भनेर प्रश्न समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया