टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु 

लोकपथ
21
Shares

काठमाडौं । टर्किको उत्तर पश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपत्कालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताए । 

सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ । अधिकारीहरूले विस्फोटको कारणको बारेमा पूर्ण अनुसन्धान सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?