काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाउँदा दुई जना पत्रकार र एक जना प्रहरीको मृत्यु भएको छ ।
कैयौं घाइते भएका छन् । यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो । गोली चल्दा पत्रकारहरू स्वास्थ्य मन्त्रीलाई पर्खिरहेका थिए । हमला भिभ अन्सानम समूहले गराएको थियो । हाइटी क्यारेबियन सागरमा रहेको एक देश हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया