के तपाईँ क्रिसमसको बिदालाई स्मरणीय बनाउन चाहनु हुन्छ ? यसो गर्नुहोस् 

लोकपथ
28
Shares

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो  ।

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ साल पछि महोत्सवका रूपमा मनाउने थालिएको हो । यो एक यस्तो चाड हो जसले परिवारका सदस्यहरू बीचको प्रेमलाई बढाउँछ र उनीहरूको सम्बन्धलाई पनि बलियो बनाउँछ ।

यदि तपाईँ पनि क्रिसमसको छुट्टीलाई स्मरणीय बनाउन र आफ्नो परिवारसँग रमाइलो पलहरू बिताउन चाहनुहुन्छ ! तर क्रिसमसमा के गर्ने थाहा छैन ? चिन्त नगर्नुहोस् हामी तपाईँलाई क्रिसमसको बिदामा के गर्न सकिन्छ भनेर बताउँछौँ । 

क्रिसमस चलचित्रहरू हेर्नुहोस् : क्रिसमस बिदा दिन हो । यो दिनलाई विशेष बनाउन तपाईँ आफ्नो परिवारसँग बसेर चलचित्र हेर्न सक्नुहुन्छ । यो चिसो समयमा तातो कही पिउँदै वा मनपर्ने खानेकुरा अर्डर गरेर खाँदै यो समयलाई विशेष बनाउन सक्नुहुन्छ । तपाईँ क्लासिक क्रिसमस-थीम चलचित्रहरू हेर्न सक्नुहुन्छ जस्तै ‘द ग्रिन्च’, ‘एल्फ’, ‘द पोलर एक्सप्रेस’, ‘होम अलोन’, ‘लभ एक्चुअली’ वा’द हलिडे’ । 

क्रिसमसका पुस्तकहरू पढ्नुहोस् : क्रिसमसको छुट्टीको आनन्द लिन, तपाईँले यो चाडको भावनासँग सम्बन्धित एउटा उत्कृष्ट पुस्तक पनि पढ्न सक्नुहुन्छ। तपाईंले चार्ल्स डिकेन्सको ’ए क्रिसमस क्यारोल’, ओ हेनरीको ’द गिफ्ट अफ द म्यागी’ र अन्य पुस्तकहरू जस्ता क्रिसमस क्लासिकहरू पढेर मूड फ्रेस गर्न सक्नुहुन्छ । 

घरमै क्रिसमस पर्व मनाउनुहोस् : चाड पर्वमा हामी घर विशेष परिकारहरु बनाएर खाने गछौँ । यो क्रिसमसको बिदामा पनि तपाईँहरु आफ्नो परिवारसँग मिलेर मिठा मिठा खानेकुरा बनाएर खान सक्नुहुन्छ । यसले पनि तपाईँको क्रिमसम विशेष हुनेगर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?