सुन रहेको सूचनाका आधारमा अप्रेसन चलाउँदा जोरपाटीबाट ९२ लाख रुपैयाँसहित २ जना पक्राउ

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौंको जोरपाटीबाट प्रहरीले मंगलबार राति ९२ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खाती रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले उनीहरुबारे अनुसन्धान भइरहको बताए । स्रोतका अनुसार उनीहरुसँग सुन रहेको सूचनाका आधारमा अप्रेसन चलाइएको भएपनि उनीहरुको साथबाट सुरुमा ७७ लाख रुपैयाँ र पछि १५ लाख रुपैयाँ बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?