काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले वीपी कोइरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।
बुधबार नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए ।
समाजका लागि सोचे मात्रै राजनीति हुने बताए । आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ । उनले नेपाली समाज वर्षौँ पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया