काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेस र नेकपा एमाले समीकरणमा संसद्को झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताए । उनले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताए । उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्न सक्छ भन्ने आशा गर्न सक्ने स्थिति नभएको बताए । उनले दुई ठूला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण भएको बताए । उनले एकीकृत स्वरूप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गरे ।
उनले सरकारको जस्तै पत्रकार महासंघमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई पत्रकारको पेसागत, मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया