कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत 

नीतिगत निर्णयमा बस्ने कर्मचारीलाई ट्रेड युनियनमा राख्न नहुने

लोकपथ
231
Shares

काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल कांग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । 

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामित सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् । 

विधयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरूसँगको छलफलमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरूलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताए । उनले कानुनमा समेत सरकारी संस्थामा आबद्ध व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताए ।

उनले कर्मचारीहरूको एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने बताए । निजामती कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए । 

बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । उनले कर्मचारीमा पेसागत प्रवर्द्धनको हितसँग जोडिएका कुराहरूमा हामीले बन्देज लगाउन उपयुक्त नभए पनि ट्रेड युनियनहरू राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताए ।

उनले कर्मचारीको लागि एक मात्र ट्रेड युनियन राख्नुपर्ने बताए । उनले राज्यको नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीले कुनै पनि ट्रेड युनियनको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?