जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्न सांसद केसीको सुझाव

लोकपथ
602
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा संशोधनकर्ता सांसदहरुले राष्ट्रिय स्रोतको रुपमा रहेको जलश्रोतलाई सदूपयोग गर्ने गरि विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय पूँजीले मात्रै जलस्रोतको उपयोग गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई पनि यस क्षेत्रमा लगानी गर्न आवश्यक नीति बनाउनुपर्ने बताए ।

उनले जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्ने सुझाव समेत दिए । । पूर्वमन्त्री समेत रहेका सांसद केसीले लघु जलविद्युत निर्माणका लागि स्थानीय तहको समन्वयनमा स्थानीय जनतालाई सहभागीता गराउने निति बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले ठूला आयोजनाको परिभाषालाई सय मेगावटबाट पाँच सय मेगावाट रुपमा उल्लेख गर्नुपर्ने सुझाव दिए । उनले विदेशी लगानीकर्तासँगको सम्झौता गर्दा निर्माण हुने समय नै तोक्नुपर्ने र निर्माणको सुनिश्चीतता हुनुपर्ने बताए ।

त्यस्तै अन्य संशोधकर्ता सांसदहरुले जलविधुत आयोजना निर्माणका लागि सहज बनाउने गरि विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?