काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फन्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ निष्कासन तथा बिक्री चार कार्य दिनमा नै सम्पन्न भएको छ ।
नेपाल धितो पत्र बोर्डको स्वीकृति बमोजिम पुस ७ गते सार्वजनिक रूपमा निष्कासन गरिएको सो बन्दमुखी योजना पुस ११ गते समयमा नै सम्पन्न भएको बैंकले जनाएको हो ।
उक्त अवधि भर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्कासन तथा बिक्री कार्य पुस ११ गते देखि लागू हुने गरी बन्द गरिएको बैंकले जनाएको छ ।
एक अर्ब रुपैयाँ आकारको यो योजना प्रति इकाई मूल्य १० रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया