काठमाडौं । नेपालमा यामाहाको एक मात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ‘ब्लु स्ट्रिक्स च्याप्टर लिडर अन बोर्डिङ’ इभेन्टको आयोजना गरेको छ। सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगन्ज, कलङ्की), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लु स्ट्रिक्स पहलअन्तर्गत सहकार्य, नेतृत्व र समुदाय–सञ्चालित प्रगति यात्राका लागि इभेन्टको आयोजना भएको हो ।
कार्यक्रममा एमएडब्लु राइड्स र च्याप्टर लिडरहरू बीचको समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका थिए। यसले यामाहा र यसका राइडर कम्युनिटी बीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्ने कम्पनीले दाबी गरेको छ ।
यस अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपककुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे। कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, ‘ब्लु स्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रो अटल विश्वासको प्रमाण हो।स्थानीय लिडरहरूलाई सशक्तीकरण गरेर हामीले साझा जोस, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौँ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया