काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३०० रुपैयाँ थियो ।
यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँको मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया