ललितपुरमा ईभी मार्ट : अब सबै ब्रान्डका प्रिमियम स्कुटर एकै ठाउँमा

लोकपथ
147
Shares
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (200, -1); aec_lux: 251.4198; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

काठमाडौं । ललितपुरको सातदोबाटोमा सञ्चालित ईभी मार्टमा सबै ब्राण्डका स्कुटरहरू एकै ठाउँमा पाइने भएको छ । ईभी मार्ट सञ्चालनमा आएसँगै सबै ब्रान्डका प्रिमियम मोडेलहरूका स्कुटर एकै ठाउँमा उपलब्ध गराएको हो ।

ईभी मार्टले अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध गराएको ब्रान्डहरूको बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए । उनले भने, ‘अहिले बजारमा इन्डियन र चाइनिज गरी लगभग ७०–८० ब्रान्डका कारण उपभोक्ताहरू अन्योलमा परेका छन् । त्यसैले, हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका हौँ ।’

ईभी मार्टमा बिक्री वितरण मात्र नभएर स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरूले पनि सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

शोरुम खुलेकै दिन एक युनिट डेलिभरी गर्नुका साथै अन्य पाँच युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दीपक लम्सालले जानकारी दिए ।

ललितपुरमा ईभी स्कुटरहरूको ग्राहकहरू निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्रान्डका र ग्राहकहरूको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरू विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?