त्रिवि र धर्नामा बसेका स्ववियु सचिव भट्टबीच सहमति (पूर्णपाठ)

लोकपथ
189
Shares

काठमाडौं । विभिन्न माग राखेर त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अघि धर्नामा बसेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव शिद्धान्त भट्टसँग सहमति भएको छ ।

भट्ट विभिन्न माग राखेर गत मंसिर २६ गतेदेखि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यालय अघि धर्ना बसेका थिए ।

आइतबार साँझ उपकुलपति बरालको रोहवरमा त्रिविका पदाधिकारी र भट्ट पक्षबीच ३५ बुँदे सहमति भएको हो ।

सहमति पत्रमा त्रिवि अन्तर्गतका चारवटै अनुसन्धान केन्द्रहरुलाई विश्वविद्यालयका विद्यार्थी र विभागबीच जोड्न प्राध्यापकहरुले सम्बन्धित विभागमा कम्तिमा एक कक्षा लिइने व्यवस्था गरिने बताइएको छ । त्यस्तै थेसिस सम्बन्धि कार्यविधिमा ल्याइने कुरामा एकरुपता ल्याउन समेत सहमति भएको छ ।

त्यस्तैगरी विदेशी विश्वविद्यालयलाई दिइने सम्बन्धन सम्बन्धी नीति शिक्षा मन्त्रालयबाट कार्यान्वयन हुने गरेकाले शिक्षा मन्त्रालयलाई आवश्यक सुझाव दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?