काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा परेसँगै उनको पद निलम्बन भएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) ऐन, २०६४ को दफा २७ अनुसार स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।
अख्तियारले बस्नेतविरुद्ध नौ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको हो ।
अख्तियारले बस्नेत र उनकी पत्नीमाथि नौ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बस्नेतमाथि पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ । अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि नौ करोड २२ लाख रुपैयाँ बिगो माग दाबीसहितको मुद्दा दायर गरेको छ ।
बस्नेत निलम्बनमा परेसँगै उपमेयर सुशिला अधिकारीले कार्यवाहकको जिम्मेवारी पाएकी छन् । मेयर बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपमेयर अधिकारी नेकपा एमालेबाट निर्वाचित हुन् । बस्नेत नेपाली कांग्रेस बागमति प्रदेश समितिको उपसभापति समेत हुन् ।
यो पनि…
नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, नौ करोड २२ लाख रुपैयाँ बिगो माग दाबी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया