नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गर्‍यो नयाँ बोनस दर, कुन योजनामा कति छ ?

लोकपथ
294
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुले पाउने नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्यूनतम ५५ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्न गरेको घोषणा नेपाल बिमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेको हो ।

कम्पनीको यस योजनामा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बिमा, जीवन लक्ष्मी र जीवन उदय एकलअन्तर्गत उमेर हदसहितका बिमा योजना समावेश छन् । 

कम्पनीले १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनस दर कायम गरेको हो।  

कम्पनीले नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बिमाअन्तर्गत १० वर्षे अवधिका लागि ६५ रुपैयाँ १ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनस दर घोषणा गरेको छ । यस्तै, सावधिक जीवन बिमालेखअन्तर्गतको सुनौलो भविष्य जीवन बिमा योजनामा १० वर्षे अवधिका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दर घोषणा गरेको छ ।  

सावधिक जीवन बिमालेखअन्तर्गतको सुनौलो भविष्य जीवन बिमा योजनामा १० वर्षे अवधिका लागि ५५ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५५ रुपैयाँ, १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।    

यसैगरी, केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजनाअन्तर्गत १० वर्षे अवधिका लागि ६० रुपैयाँ र २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ बोनस दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।  

जीवन संवृद्धि बिमालेखअन्तर्गत १५ वर्षे अवधिका लागि ५६ र २० वर्षे अवधिका लागि पनि ५६ रुपैयाँ बोनस दर निर्धारण गरेको पनि कम्पनीले जनाएको छ ।  यसै गरी, अग्रिम भुक्तानी सावधिक बिमालेखअन्तर्गतको धन वर्षामा सबै बिमा अवधिका लागि ५६ रुपैयाँ बोनस दर निर्धारण भएको छ । 

नौलो जीवन सम्वृद्धिअन्तर्गत सबै अवधिका लागि ५६ रुपैयाँ तोकिएको छ । यसै गरी कम्पनीले अन्य जीवन सारथि बिमालेखअन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको जनाएको छ । 

जीवन सहारा, अनमोल जीवनअन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६० रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्षे अवधिका लागि ८२ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर तोकिएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?