भ्रष्टाचार छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्छ : अर्जुननरसिंह केसी

लोकपथ
581
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन् । उनले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गर्न निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गरिनुपर्ने धारणा पनि राखेका छन् । 

‘भ्रष्टाचार छानबिन गर्न नेपाली जनताले चिनेको, निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ,’ शुक्रबार काठमाडौंमा भएको पत्रकार महासंघको कार्यक्रममा बोल्दै केसीले भने ।

उनले देश अत्यन्त चुनौतिपूर्ण परिस्थितिमा रहेको तथा आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको पनि बताए । दण्ड विहीनता, विधि विहीनता र सुशासनको नाममा निरन्तर ओठे भक्ति प्रदर्शनको कुनै अर्थ नहुने उनको भनाइ थियो ।

‘जबसम्म भ्रष्टाचार मुक्त समाज हुन सक्दैन, त्यति बेलासम्म सुशासन कायम हुँदैन । सुशासनको सट्टा अहिले दुःशासनको परिदृश्य निर्माण भएको अवस्था छ । एउटा कुरा मैले पूर्वप्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेता हुँदाहुँदै के भन्न खोजिरहेको छु भने हामीले धेरै ब्लेन गेम गर्‍यौँ । एउटाले अर्कोलाई दोष लगाउने, सत्ता बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने, सत्तामा हुँदा जो भए पनि बिर्सिने खालको परिस्थिति छ, त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?