‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’

लोकपथ
35
Shares

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् । 

आज  बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको बताए ।

राज्यले उपल्लो तहको शिक्षामा बढी लगानी गरे पनि आधारभूत र माध्यमिक तहमा राम्रो हुन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको उनले उल्लेख गरे । 

छायाँ नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि आठ कोठाको दुई तले भवन ९९ लाख ३७ हजार लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयको दृष्टिविहीन छात्र बासमा हाल १९ जना छात्रछात्रा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?