काठमाडौं । नेकपा एमालेबाट निष्काशनमा परेका पूर्व उपाध्यक्ष भीम रावल पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।
मध्यरातमा सामाजिक सञ्जालमा लेख्दै नेता रावलले ओलीको कारण आफू प्रमुख अतिथि बन्न लागेको कार्यक्रम नै रोकिएको आरोप लगाए ।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा भरौल भेट्रान फुटबलको उद्घाटनका लागि रावललाई प्रमुख अतिथि बनाइएको थियो । तर ओलीले आफ्नो पार्टीबाट निकालिएको मान्छेलाई प्रमुख अतिथि बनाइँदा एमालेलाई असर पर्ने भन्दै कार्यक्रम नै रद्ध गराएको रावलको आरोप रहेको छ ।
‘केपी ओलीको निरंकुश र सत्ता दुरुपयोगको ताजा प्रमाण हेरौँ । २०८१ साल पुस २० गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा भरौल भेट्रान फुटबल क्लबको आयोजनामा हुने फुटबल खेलको उद्घाटनका लागि मलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । सबै तयारी भइसकेको थियो । तर केपी ओली गुटले कार्यक्रम रोक्नका लागि पुस १९ गते राति १२ बजे उक्त क्लबका अध्यक्षलाई बामाले टोलीले अपहरण शैलीमा लगी धम्क्याएर कार्यक्रम स्थगित भएको वक्तव्य दिन लगायो । साथै मलाई उक्त कार्यक्रमको उद्घाटनमा आमन्त्रण गर्न पहल गर्ने एमालेकै सदस्यलाई केपी ओलीले फोन गर्दै हाम्रो पार्टीलाई क्षति हुने भएकोले भीम रावललाई प्रमुख अतिथि बनाइएको कार्यक्रम रोक्न दबाब दिनुभएको थियो । यो घटना केपी ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्रको स्पष्ट प्रमाण दिन होइन र ? यस्तो कार्यको विरुद्ध आवाज उठाऔँ,’रावलले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया