काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।
केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई सामाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सडक दुर्घटनाहरू बढ्दै जाँदा नेरोलेकले ‘नो हर्न प्लिज’, ‘नो स्टपिङ’, ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’ जस्ता महत्त्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ । जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउनेछ।
यी साइनबोर्डहरूले ट्राफिक उल्लङ्घनका घटनाहरू घटाउनका साथै पैदल यात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन्। जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजका लागि योगदान गर्ने बताएको छ ।
सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया