काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने बताए । बुधबार नेपाल आर्थिक पत्रकार (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय पुँजी बजारमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएकाले बोर्ड त्यस्ता कार्यलाई नियमन र नियन्त्रण गर्ने योजनामा रहेको बताए । उनले धितोपत्र बजार प्रणालीमा बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली पुँजी बजारमा ७० लाख लगानीकर्ता रहेको भन्दै पुँजी बजारलाई थप व्यवस्थित बनाइने बताए । उनले पुँजी बजारमा अवाञ्छित गतिविधि रोक्नको लागि बोर्डले पुँजी बजारलाई अटोमेसन प्रणालीमा लैजाने बताए ।
अध्यक्ष श्रेष्ठले बोर्डले पुँजी बजारमा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै बजारलाई नयाँ उचाईमा पुर्याउने बताए । उनले पाइपलाइनमा रहेका आइपीओ निष्कासन एक दुई दिनभित्रै सुरु हुने बताए । अध्यक्ष श्रेष्ठले बोर्डले अब आईपीओ निष्कासनको लागि एक दुई दिनभित्रै स्वीकृत दिने गरी काम अघि बढाएको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले पुँजी बजारमा देखिएका अनियमितताको नियमन तथा नियन्त्रणको विषयमा पनि कामहरु गरिरहेको बताए । उनले लगानीकर्ताको हितलाई मध्यनजर गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । नेतृत्वमा आइसकेपछि लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राखे । उनले क्यापिटल मार्केट देशको अर्थतन्त्र चलायमान बनाउने ठूलो क्षेत्र भएकाले चलायमान बनाउन आवश्यक रहेको बताए । उनले बोर्डले ७० लाख लगानीकर्तालाई सहजता दिने गरी काम गर्न पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए। अध्यक्ष श्रेष्ठले बोर्डको कार्य क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी रुपमा काम गर्ने तयारी रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया