विराटनगर । सहकारीको रकम हिनामिना आरोप लागेकी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत मोरङमा आज भएको थुनछेक बहसमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनले धरौटी बुझाइसकेकी छन् ।
मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो । कोइराला सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया