काठमाडौं । चिनियाँ ब्राण्ड नेटाले थाइल्यान्डको सवारी बजारमा आफ्नो बलियो उपस्थितीलाई पुष्टि गरेको छ । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आंकडा हेर्दा नेटाले मात्रै ६८४ युनिट बिक्री गरेको थियो ।
नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरुमध्ये नेटाको उपस्थिती बलियो छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक (ईभीएस) चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प बनेको छ । यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ । जवकी ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एमटर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ । जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ६० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८० किमी दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ । जसको ८ वर्ष वा १ लाख ५० हजार किमि वारंटी छ।
नेटा एक्स एकल चार्जमा ५०० किमीसम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमी ग्राउन्ड क्लियरन्स छ । जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमी वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ। यी सुविधाहरूले नेटा एक्सलाई एक पर्यावरणमैत्री एसयूभीको रूपमा विकल्प दिएको कम्पनीको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया