अमेरिकाको क्यालिफोर्नियामा ‘नेपाली कम्युनिटी सेन्टर’ बनाइँदै, एकै व्यक्तिबाट ३० लाख दान

लोकपथ
3.9k
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा निर्माण हुँदै गरेको नेपाली कम्युनिटी सेन्टरका लागि एक नेपालीले ३० लाख नेपाली रुपैयाँ दान दिएका छन् ।

‘नेपाली कम्युनिटी सेन्टर’ को निर्मार्णाथ सहयोग संकलन अभियान अन्तर्गत लामो समयदेखि अमेरिकामा रहँदै आएका लक्ष्मण अधिकारी दम्पतीले ३० लाख नेपालीसहित विभिन्न सामग्री समेत उपलब्ध गराएका हुन् ।

नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्नियाको सक्रियतामा निर्माण हुन लागेको सो कम्युनिटी सेन्टरको भवन निर्माणका लािग १.९ मिलियन डलर अर्थात् नेपाली ३ करोड हाराहारीमा रकम लाग्नेछ । त्यसका लागि आर्थिक सहयोग संकलनलाई तिव्रता दिइएको छ ।

कम्युनिटी सेन्टर निर्माण अभियानमा जुट्नका लागि नाम्सले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई आह्वान समेत गरेको छ ।

कम्युनिटी सेन्टरमा दुःख पाएका नेपालीहरुलाई आश्रय दिने, नेपाली भाषा शिक्षा सञ्चालन गर्ने, नेपाली संस्कृतीको झल्को दिने गरी नेपालको पहिचान स्थापना गर्नका लागि स्थापना गर्न लगिएको हो ।

त्यस्तै त्यसका लागि अमेरिकामा लामो समयदेखि रहेका अमेरिकी इमिग्रेसनका वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीले संगीत कक्षाको लागि १० वटा मादल र १० थान हार्मोनियम दान दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?