रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

लोकपथ
434
Shares

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै अब लामिछाने अदालतले तोकेको धरौटी रकम बुझाएर छुट्नेछन् भने तारखेमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

सहकारी ठगी प्रकुरणमा लामिछानेसहित ६३ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले एक अर्ब ५१ अर्ब बिगो दाबी माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको छ । लामिछानेलाई गत कार्तिक २ गते काठमाडौंबाट पक्र्राउ गरिएको थियो ।

त्यस्तै सोही प्रकरणमा पक्र्राउ परेको पूर्व डीआईजी छविलाल जोशीलाई समेत ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?