धरौटी बुझाएर छुटे रवि, काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने

लोकपथ
1.2k
Shares

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आज आदेश दिएको थियो । न्यायाधीश नीतिज राईको इजलासले विभिन्न कारण र प्रमाणका आधारमा लामिछाने लामिछाने निर्देष नै हुन् भन्ने प्रमाण नदेखिए पनि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम कारबाही हुने भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

त्यस्तै सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्कका सञ्चालक छवीलाल जोशीलाई समेत ८८ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । त्यससँगै जोशी समेत धरौटी रकम बुझाएर रिहा भएका छन् ।

गत कार्तिक २ गते लामिछानेलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको थियो ।

आज प्रहरीले छाडेसँगै लामिछानेको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गरेर परिवारको साथ लगाउने तयारी रहेको प्रहरीले जनाएको छ । त्यस्तै सहकारी ठगी प्रकरणमा नै पोखरापछि काठमाडौं ल्याउने तयारी गरिएकोमा उनलाई काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुनेगरी छाडिएको हो । लामिछानेमाथि काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा समेत मुद्दा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?