काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसमा लाग्ने विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुलाई टिकट (बुद्ध एयर अफिस काउन्टर शुल्क)मा ८ प्रतिशत र नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएको छ ।
सम्झौतामा बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले हस्ताक्षर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया