काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजी गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औँ वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिए । उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गरे ।
उनले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायतका विषयलाई लिए नयाँ कुराको खोजी गर्न आवश्यक रहेको बताए ।
मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताए । उनले पेट्रोलियम पदार्थको विल्कपको सिर्जना भएकाले अब निगमको प्रबन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्ने कार्य योजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिए ।
उनले नयाँ कार्यको खोजी गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जान बताए । उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताए । उनले अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा निगमले सफलता पाए पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताए ।
उनले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताए ।
उनले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताए । उनले पेट्रोलियम पदार्थमा इथानोललाई मिश्रण गर्ने सरकारको तयारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया