काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो मद्दत हुने बताए । उनले जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठूलो असर गरिरहेको बताए । उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँहरु पग्लिरहेको र हिमाल नाङ्गो भएको बताए ।
उनले नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्याका रूपमा आएको बताए । उनले नेपालमा सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने बताए । उनले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनका लागि ठाउँ ठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताए । सभापति देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणसम्बन्धी अभियान देशभर नै बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया