काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनका लागि ९८.९९ प्रतिशत अंक दाबीसहितको कार्यसम्पादन प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाएका छन्।
कार्यसम्पादन लगायत विवरण नबुझाएको भन्दै तीन तीन पटक सरकारले स्पष्टीकरण सोधे पछि बिहीबार घिसिङले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन विवरण बुझाएका हुन् । घिसिङले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक पाएका थिए।
प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। आव २०७२/७३ मा एकै वर्ष प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो। आठ वर्षअघि प्राधिकरण ३४ अर्ब ६१ करोड सञ्चित घाटामा थियो भने हाल हाल ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छ। घिसिङको नेतृत्वमा प्राधिकरणले आठ वर्षमा विद्युतको क्षेत्रमा ठूलो सफलता हात पारेको छ ।
२०७८ साउन २५ मन्त्रिपरिषदको निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया