काठमाडौं । भारतीय बजारमा टाटा मोटर्सले ‘टियागो इभी’ र ‘टिगोर’ को २०२५ भर्सन सार्वजनिक गरेको छ। बिहीबार कम्पनीले २०२५ भर्सनका यी गाडीहरू सार्वजनिक गरेको हो ।
कम्पनीले फेसलिफ्ट मोडलका रूपमा ‘टियागो इभी’ र ‘टिगोर’ सार्वजनिक गरेको जनाएको छ । टियागो इभी र टिगोर दुवै गाडी नेपाली बजारमा रुचाइएको गाडीहरु हुन् । कम्पनीले टियागोलाई पेट्रोल संस्करणमा पनि उपलब्ध गराएको छ।
टियागो इभीमा इन्टेरियरमा विशेष ध्यान दिएको छ । यसमा एलइडी हेडलाइट्स, डोरमा इभी ब्याच, अपडेट गरिएको रियर क्यामेरा र १०.२५ इन्चको टचस्क्रिन राखिएको छ। अटोमेटिक हेडल्याम्पजस्ता फिचरले यसलाई नयाँ रूप दिएको कम्पनीको दावी छ।
त्यस्तै, टिगोरको पेट्रोल संस्करणमा ३६० डिग्री क्यामेरा, १०.२५ इन्च इन्फोटेनमेन्ट स्क्रिन, टु–स्पोक स्टेयरिङ ह्विल र इलुमिनेटेड लोगो थपिएको छ। इन्जिन पावर भने अघिल्लो मोडल जस्तै नै भएको कम्पनीले जनाएको छ ।
इन्धनको विभिन्न विकल्प खोजिरहेका उपभोक्ताहरूलाई आकर्षित गर्न नयाँ संस्करणमा सिएनजी विकल्प उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया