काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकासका लागि अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समाजमा युवाहरू नेपाल बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताए । युवा पलायन रोक्न जिम्मेवारी नलिने तर समाजमा भ्रम सिर्जना गर्नेहरूबाट सचेत हुनुपर्ने उनको भनाइ थियो ।
उनले अधिकारको कुरा ठूलोठूलो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा सबै पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको बताए । मुलुकको विकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया